तपाईँ सुन्दै हुनुहुन्छः

न्यायालयको समग्र मुद्दाहरूको फर्छ्यौटमा ४७ प्रतिशतले वृद्धि

फाइल तस्बिर

काठमाडौँ । प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराले सबै तहका न्यायालय र न्यायधिकरणहरुमा मुद्दाहरुको फछ्र्यौट अघिल्लो बर्षको तुलनामा ४७ प्रतिशतले बृद्धि भएको बताउनुभएको छ ।

प्रधानन्यायधिश जबराको पदभार ग्रहणको एकबर्षे अवधिमा भएका कार्य प्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले न्यायलयको समग्र मुद्दाहरुको फछ्र्यौटमा बृद्धि भएको बताउनुभयो ।

उहाँले सर्वाेच्च आदालतमा रहेको पुराना मुद्दाहरुमध्ये एकबर्षको अवधिमात्र पाँच बर्ष नाघेका एक हजार तीन सय दुई थान मुद्दा फछ्र्यौछ भएकोे जानकारी दिनुभयो ।

प्रधानन्यायधिश जबराले आफूले पदभार ग्रहण गरेको एकबर्षको अवधिमा न्यायिक सुशासन र उत्तरदायित्वलाई जोड दिदै न्यायपरिषद्मा परेका एक सय ४७ थान उजुरीमध्ये ६० वटा उजुरीको फछ्यौटका क्रममा दुई जना न्यायधिश बस्खास्त गरिएको, आठ न्यायधिशलाई अनुशासनको कारबाही गरिएको र एक जना न्यायधिशलाई भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

उहाँले आफूले संसदीय समिति गरेको प्रतिबद्धता अनुसार पदभार ग्रहण गरेपछि न्यायलयमा न्यायिक सुशासन र उत्तरदायित्वलाई चौथो पञ्चबर्षीय योजनामा समावेश गरी न्यायिक क्षेत्रको सुधारमा अग्रसर भएको स्पष्ट पार्नुभयो ।

उहाँले आफू प्रधानन्यायधिश भएपछि थुनुवाका मुद्दाहरुको फछ्र्याैटलाई प्राथमिकता दिएको, फैसलाको तयार छिटोछरितो र प्रभावकारी बनाउँदै लगेको, मुद्दा व्यवस्थापनको पद्धतिको विकास, मुद्दामा श्रब्यदृष्य र विद्युतिय माध्यमबाट बहसको तयारी, मुद्दाका मिसिल अभिलेखहरुको व्यवस्थापन र विद्युतीय अभिलेखको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

प्रधानन्यायधिश जबराले अदालतहरुमा सुक्ष्म निगरानी बढाएको, कर्मचारीको आचारसंहिता निर्माण गरी लागू गरेको र न्यायमा पहुँच अभिवृद्धि गर्न बार्षिक कार्ययोजना बनाएर कार्यन्वयनमा ल्याएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button