लगानी बार्डद्वारा ११ खर्ब ८५ अर्बका विभिन्न १४ परियोजनाहरुको पुर्वयोग्यता मूल्याङ्कन
काठमाडौँ । लगानी बार्डले ११ खर्ब ८५ अर्बका विभिन्न १४ परियोजनाहरुको पुर्वयोग्यता मूल्याङ्कनको काम सम्पन्न गरी योग्य लगानीकर्ताहरुको संक्षिप्त सूचि तयार पारेको छ ।
२०७५ साल चैत्र १५ र १६ गते आयोजित नेपाल लगानी सम्मेलनको क्रममा प्रस्तुत गरिएका ५० सार्जजनिक परियोजनाहरु मध्ये सात सय ५६ मेघावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि कम्पनी समेत छनौट भएको जनाएको छ ।
बार्डले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा लगानी सम्मेलनपछि १० खर्ब ५४ अर्बको लागतको यातायातका साधनको एसेम्ब्लिड पलान्ट परियोजना निर्माणका लागि कोरियाली मोटे«क्स कम्पनीसंग प्रारम्भीक सम्झौता भएको बार्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उक्त कम्पनीले उत्पादन शुरु गरेको पाँच बर्षमा ३५ प्रतिशत सामान नेपालमा नै उत्पादन गर्ने प्रतिवद्धता गरेको र उस्ले उत्पादन गर्ने सूचना रञ्जनसँग सम्बन्धीत सामाग्रीहरु पनि नेपालबाट नै निर्यात गर्ने प्रस्ताव गरेको पनि अधिकारीले उल्लेख गर्नुभयो ।
सम्ेमलनपछि बोर्डले दमकमा ६४ अर्ब ६१ करोडको लागतमा नेपाल चिन मैत्री आद्यौगिक पार्क निर्माणका लागि र विराटनगर, विरगञ्ज र भैरहवामा १३ अर्ब लागतको मल्टीमा्ेडेल लजिस्टिक पार्क विस्तृत अध्ययनका लागि दुई छुट्टाछुट्टै कम्पनीहरुसंग सम्झदारपित्रमा हस्ताक्षर भएको पनि जानकारी गराएयो ।
त्यसैगरी बोर्डले प्रस्ताव आव्हन नगरेका परियोजनाका लागि प्राप्त भएका १५ प्रस्तावहरु मध्ये १० वटा परियोजनाहरु कार्यान्वयनका लागि अध्ययनको चरणमा रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
लगानी बोर्डले हाल करिव पाँच सय ६५ अर्ब रुपैँया बराबरका ९ वटा विभिन्न क्षेत्रका परियोजनाहरु कार्यान्वयनको लागि सकजीकरण गरिरहेको र अरुण तेस्रो आयोजनाको निर्माणको काम करिव एक तिहाई सम्पन्न भएको पनि जनाएको छ ।
साथै लगानीकर्ताहरुलाई एकै स्थानबाट सेवा प्रवाह गर्ने उद्देश्यले बोर्डको कार्यालमै एकल बिन्दु सेवाकेन्द्रको स्थापना गरी डयास बोर्डको समेत प्रयोग गरी एकीकृत प्रणाली मार्फत सेवा प्रवाह गर्ने प्रकृया पनि शुरु गरेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्