हल्का वर्षासंगै पुनः चिसो बढ्यो, दुई वटा विमान जनकपुरधाममा अतरण गराइयो
जनकपुरधाम । हल्का वर्षा भएका कारणले प्रदेश नंं २ को राजधानी जनकपुरधामसहित आसपासको जिल्लाहरुमा आज दिउँसोबाट पुनः जाडो बढेको छ ।
केही दिनदेखि घाम लागेका कारणले सामान्य बन्दै गएको जनजीवन वर्षासंगै पुनः जाडो बढेपछि प्रभावित बनेको छ । खास गरेर बिहानदेखि घाम नलागेका कारणले सर्वसाधारणले पुनः चिसोको अनुभूति गर्न थालेका छन् ।
चिसो बढेका कारणले गत आईतबारदेखि धनुषा जिल्लाको सामुदायिक बिद्यालयहरु एक सातासम्म तथा संस्थागत बिद्यालयहरु तीन दिनका लागि विदा दिईएको थियो ।
विद्यालयहरु बन्द भएको भोली पल्टबाट नै घाम लागेपनि विद्यालय बन्द नै रहेका थिए अहिले विद्यालय खुल्न दुई दिन बाँकी छदा आजदेखि पुनः हल्का वर्षासंगै चिसो बढेको छ । आईतबारदेखि साम्ुदायिक विद्यालयहरु पुनः खोल्ने पक्षमा पालिकाहरु रहेका छन् ।
यसैबीच मौसममा अचानक खरावी आएका कारणले काठमाडाँैका लागि नेपालगञ्ज, तुमलीङ्गटारबाट उडेका दुई वटा विमान डाईभर्सन गरेर जनकपुरधाम बिमानस्थलमा अवतरण गराइएको छ ।
मौसममा आएको खराबीका कारणले काठमाडाँैका विमानस्थल खुल्न नसकेका कारणले जनकपुरधाममा ल्याडिङ्ग गराएपनि मौसम खुलेपछि पुनः काठमाडाँै त्यसतर्फ प्रस्थान भएको छ । दुवै विमानहरु यति एयरलायन्सका रहेको जनकपुर विमान स्थलले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्