नेकपाले तोक्यो राष्ट्रियसभाको उम्मेदवार (नामावली सहित)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यमा आफ्नो पार्टीको तर्फबाट उठ्ने उम्मेदवारहरुको टुंगो लगाएको छ । आज बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो ।
सचिवालय बैठककले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उमेद्वारहरुको टुंगो लगाएको हो ।
बैठकले प्रदेश नम्बर १ बाट इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल, प्रदेश नम्बर २ बाट तुलसा दाहाल, राधेश्याम पासवान, प्रदेश नम्बर ३ बाट बेदुराम भुषाल र गंगा बेलवासेलाई उमेद्वार बनाउने निर्णय गरेको छ ।
बैठकले गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश नम्बर ५ बाट विमला घिमिरे, गोपाल भट्टराइ र जगतप्रसाद शर्मालाई उमेद्वार बनाउने निर्णय गरेको छ ।
कर्णाली प्रदेशबाट सुमित्रा विसी र माया प्रसाद आचार्य र सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्टलाई उमेद्वार बनाउने निर्णय गरेको बैठकपछि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उम्मेदवारहरुको नामावली यसप्रकार छ :
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी
प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान
प्रदेश नम्बर ३
गंगा बेलवासे
डा। बेदुराम भुसाल
प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा
प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य
प्रदेश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट
प्रतिक्रिया राख्नुहोस्