तपाईँ सुन्दै हुनुहुन्छः

देशभर न्यून चापिय प्रणाली सक्रिय, पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात

 

काठमाडौ । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएसँगै देशभर मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव केही दिन नेपालमा पर्ने देखिएको छ । महाशाखाका अनुसार यसको प्रभावसँगै पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपातको संभावना देखिएको छ । साथै देशभर थप चिसो बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले गरेको तीनदिनको पूर्वानुमान

पौष १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

राती :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

पौष १९ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

पौष २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button