जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापनाको तयारी
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ ।
भू–उपयोग नीतिअनुसार नगरपालिकाले नगरभित्रका ११ वडाका जग्गालाई ११ भागमा वर्गीकरण गरी त्यसैको आधारमा आगामी माघ मसान्तभित्र भूमि बैंक स्थापना गर्ने तयारी गरिरहेको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिकाले सबै वडामा प्राविधिकसँगको समन्वयमा भूमि वर्गीकरणको काम माघ मसान्तसम्म सक्न वडाध्यक्ष तथा जनप्रतिनिधिलाई सूचना समेत जारी गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्