तपाईँ सुन्दै हुनुहुन्छः

ताइवानमा सेनाको हेलिकप्टर दुर्घटना : प्रधान सेनापतिसहित ८ को मृत्यु, पाँच जनाको जिवितै उद्धार

एजेन्सी । ताइवानमा सेनाको हेलिकप्टर आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृ त्यु भएको छ । अन्य पांच जनालाई भने जिवितै उद्धार गरिएको छ ।

ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको सेनाको ब्ल्याक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा दुर्घ टना भएको थियो ।

समाचार एजेन्सीका अनुसार प्रधान सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए ।

मृतकमध्ये दुई मेजर जेनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजर रहेका छन् ।

हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्‍यो भन्ने कारण खुल्न सकेको छैन ।ताइवानमा यहिँ जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button