तपाईँ सुन्दै हुनुहुन्छः

दुई करोडको लगानीमा साबुन उद्योग सञ्चालनमा

सल्यान । सल्यानमा दुई करोड बढीको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय जना युवाहरुको लगानीमा ग्लोबल लाईफ पि.आर. साबुन उद्योग सञ्चालनमा आएको हो ।

साबुनको बजारको सम्भावना राम्रो भएकाले शारदा नगरपालिका १ भगवतीमा दुई करोड ६८ लाखको लागतमा साबुन उद्योग सञ्चालन गरेको प्रकाश बुढाथोकीले बताउनुभयो ।

आफ्नो सीप र क्षामता हुदाँहँुदै पनि बेरोजगारीका कारण नेपालीहरु विदेश गईरहेको अवस्थामा स्वदेशमै बसेर केही गर्नु पर्छ भनेर सामुहिक लगानीमा साबुन उद्योग सञ्चालन गरिएको बुढाथोकीको भनाई छ ।

दैनिक तीन हजार पिस साबुन उत्पादन गर्न सकिने रामबहादुर बुढाथोकीले बताउनुभयो । बजारको माग र कच्चा पदार्थको अभावका कारण अहिले दैनिक पाँच सय काटुन् साबुन उत्पादन भई रहेको बुढाथोकीको भनाई छ ।

बजारमा बाहिरका साबुनभन्दा गुणस्तरीय र सस्तोमा साबुन बजार पठाई रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button