भ्रमण बर्षको स्वागत गर्दै झापामा सरसफाई कार्यक्रम
झापा । नेपाल भ्रमण वर्ष २२२० लाई स्वागत गर्दै झापामा भ्रमण बर्षको दोस्रो दिन आज विहान बृहत सरसफाई कार्यक्रम गरिएको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा र विभिन्न संघ संस्थाहरुको सहकार्यमा सताक्षीधाम परिसरमा भ्रमण बर्षको स्वागत गर्दै सरसफाई गरिएको हो ।
शिवसताक्षी क्षेत्रभित्र रहेका त्रिधाम सताक्षीधाम, दोमुखा र चिल्लागढधामलाई पर्यटकहरुको आकर्षणको केन्द्र बनाउन धाम क्षेत्र वरपरका रुख विरुवाहरुमा रंगरोगन समेत गर्ने काम भएको छ ।
सरसफाई कार्यत्रलममा शिवसताक्षी नगर क्षेत्रभित्रका संघसंस्थाहरु सतासीधाम–जेसीज, धरमपुर युवा समाज, इलाका प्रहरी कार्यालय भिलझिले, राष्ट्रिय रमणीय आदर्श मा.वि., पशुपती एकेडेमी, बालनिकुञ्ज मा.वि. का शिक्षक तथा विद्यार्थीहरु लगायत नेपाली सेनाको सहभागिता थियो ।
प्रतिक्रिया राख्नुहोस्