तपाईँ सुन्दै हुनुहुन्छः

वी.पीको राष्ट्रिय एकता तथा मेलमिलापको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको छ : पर्व राष्ट्रपति यादव

फाइल तस्बिर

काठमाडौँ । पर्व राष्ट्रपति डा.रामबरण यादवले वी.पी.कोईरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति बर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।

४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बी पी बिचार राष्ट्रिय समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पर्व राष्ट्रपति डा. यादवले मेलमिलाप दिवसले मिलेरजाँदा बिभिन्न किसिमका कटुताको अन्त्य गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नेगरेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा पूर्ब राष्ट्रपति डा. यादवले बीपी बिचार समाजले प्रकाशनमा ल्याएको नेपालको प्रजातान्त्रिक आन्दोलनका बीर योद्धाहरु नामक ग्रन्थको बिमोचन पनि गर्नुभयो ।

त्यस ग्रन्थमा शहीद योगेन्द्रमान शेरचन, रामनारायण मिश्र, सरोज कोईराला, दुर्गानन्द झालगायत १० जना प्रजातान्त्रिक आन्दोलनका बीर योद्धाहरुको जीवनी समावेस गरिएको छ ।

कार्यक्रममा नेपाली कांगे्रसका नेता के बी गुरुङले गुट उपगुटमा बिभाजित हुंदा कांग्रेस कमजोर भईरहेको सन्दर्भमा पार्टीभित्रै पनि मेलमिलापको नीति लिनु जरुरी भएको बताउनुभयो ।

त्यस अवसरमा पूर्ब सभामुख तारानाथ रानाभाट, पूर्ब मन्त्री गोबिन्दराज जोशी, सांसद रामबहादुर बिष्टलगायतका वक्ताले बीपीले देखाएको बाटोमा कांग्रेस अल्मलिरहकोमा चिन्ता व्यक्त गर्दै बीपीको बिचार र सिद्धान्तमा कांग्रेस अगाडी बढ्नु अहिलेको बेलाम झनै आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button