झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज
सल्यान । जिल्लाका ग्रामीण क्षेत्रमा झोलुङ्गे पुल बनेपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । पुल नहुँदा घुमाउरो र जोखिम मोलेर यात्रा गर्नु पर्ने सर्वसाधारण अहिले समयको बजतदेखि सहजरुपमा आवातजावत गरिरहेका छन् ।
पुल निमार्णपछि वारपार गर्न निकै सहज भएको कालिमाटी गाउँपालिका ४ जमुताराका अमर बहादुर थापाले बताए ।
झोलुङ्गे पुल निमार्ण भएपछि चिन्नाको साहारामा बबई नदी तर्नु पर्ने बाध्यता हटेको कालिमाटी गाउँपालिका ७ हात्तिदमारका बिद्यार्थी रविन्द्र खत्रीले बताए । नदीमा पुल बनेपछि स्थानीयको सास्ती हटेको सुरविर खत्रीले बताए ।
सल्यान चालु आर्थिक वर्ष २०७६÷०७७ मा छ वटा झोलुंगे पुल ंनिमार्ण सम्पन्न भएका छन् । जिल्लामा थप १३ स्थानको लागि डिपिआर भई काम सुरु भएको शारदा संस्थाका रमेश भण्डारीले बताए ।
प्रतिक्रिया राख्नुहोस्