तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : नेपाल विशेष सेवा विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । रास्ट्रियसभाको आजको बैठकको बिशेष समयमा बोल्दै सांसदहरुले उखु किसानको बक्यौता रकम भुक्तानी, नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि सरकारबाट भइरहेको पहलबारे र नेपाल भ्रमण बर्षको तयारी काठमाडौँमा ट्याक्सि मिटरमा जान नमान्ने समस्याका साथै र अमेरिकी सहयोग एमसिसीबारे सरकारको ध्यान आकर्षण गराउनुभयको थियो ।

बिशेष समयमा बोल्नै सांसदहरुमा भैरबसुन्दर श्रेष्ठ, प्रकाश पन्त, युटोल तमाङ, सुमन प्रसाद प्याकुरयाल, नन्दा चापाइ शेरबहादुर कुवँरलगायत हुनुहुन्थ्यो ।

राष्ट्रिय सभाको आजको बैठकले नेपाल बिशेष सेवा विधेयक, २०७६ सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ माथि बिचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त विधेयकलाई स्वीकृत गर्नु पूर्व बैठकमा विधेयक उपर भएको सैद्धान्तिक छलफलमा सासंद राधेश्याम अधिकारीले सरकारलाई जनताको मौलिका हकका बिरुद्धमा नजान चेतावनी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७५/७६, थारु आयोगको वार्षिक प्रतिवेदन, २०७५/७६, राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन, २०७५/७६, मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७५/७६ तथा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन, २०७५/७६ सभा समक्ष पेश समेत गर्नुभएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट समिति सदस्य ठगेन्द्रप्रकाश पुरीले ‘राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button