तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजको शंकराचार्य गेटबाट पहिलो विदेशी पाहुनालाई भव्य स्वागत

बीरगंज । भ्रमण बर्ष सन् २०२० को अवसरमा आज देशकै मुख्य प्रवेशद्वार वीरगंजको शंकराचार्य गेटबाट नेपाल भित्रिने पहिलो बिदेशी पाहुनाहरुलाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिती पर्साको आयोजनामा भएको कार्यक्रममा आज बिहान नेपाल भित्रिने पहिलो विदेशी पाहुनाको रुपमा भारतबाट बिरगंज हुंदै काठमाडाँै जान लागेका किरण चौरसिया, संगिता चौरसिया, कंचन चौरसियालगायतको भारतीय पाहुनालाई बिरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले प्रवेश द्वारमै पुगेर स्वागत तथा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख बिजय कुमार सरावगी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रदेश २ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक बैद्य, नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय कुमार द्धिबेदी, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिक्रत उमेश बस्नेत,होटल ब्यवसायी संघ पर्साका अध्यक्ष दिपकमान श्रेष्ठ, प्राध्यापक डा. दिपक शाक्य, लगायतकाको सहभागीता रहेको थियो । बिनोद चौधरीको संयोजकत्वमा भएको कार्यक्रमको सहजिकरण प्राध्यापिका डा. सुष्मा तिवारी द्धिबेदीले गर्नुभएको थियो ।

यसैबीच भ्रमण बर्ष सन् २०२० को अवसरमा आज होटल पर्यटन व्यवसायी संघ पर्सा, पर्यटन पत्रकार संघ, व्यवस्थित बिरगंज तथा भिजिट मधेश नेपालले सयुक्त रुपमा प्रभातफेरी निकालेको छ । बिरगंजको घण्टाघरबाट शुरु भएको प्रभातफेरी नगरको बिभिन्न भागको परिक्रमा गरी रोयल पार्टी पैलेशमा पुगेर सभामा परिणत भएको थियो ।

होटल व्यवसायि संघका अध्यक्ष हरि पन्तको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख बिजय कुमार सरावगी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतका वक्ताहरुले भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउन र यहाको पर्यटन ब्यवसायलाई प्रर्बद्धन गर्न बिरगंजको मुख्य प्रवेशद्धार शंकराचार्य गेटदेखी बाटोको अवस्था सुधार गर्नुपर्ने, नेपाल भ्रमणमा आउने आगन्तुकहरुको सुरक्षा, साथै वातावरणीय प्रभाव लाई ध्यान दिनुपर्ने, जस्ताकुरामा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा शसस्त्रप्रहरी उपरिक्षक दिपेन्द्र कुँवर,चण्डी प्रसाद गणका कार्यवबहाक गणपति हरीकुमार पाण्डे ,राट्रिय अनुसन्धान पर्साका उपनिर्देशक कुमार खड्का,व्यवस्थित वीरगंजका दिलिपराज कार्की लगायतकाको सहभागीता रहेको थियो ।

यसबीच मुलुकको प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र बीरगंजमा भ्रमण बर्ष सन् २०२०को आवसरमा आज विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । भ्रमण बर्ष सन् २०२०को तयारी स्वरुप पर्यटकलाई लक्षित गर्दै वीरगंज तथा वारा, पर्सामा स्तरीय होटलहरु खुलेका छन् ।

वीरगंजमा दियालो लर्डस, सिमरामा होटल इच्छा ,कलैयामा बरेवा दरबार होटल तारे होटल थपिएका छन् । वीरगंजमा रहेका अन्य ख्याती प्राप्त होटलहरुले समेत भ्रमण बर्षलाई लक्षित गरी स्तरउन्नती गरेका छन् । भ्रमण बर्ष सन् २०२० लाई लक्षित गर्दै बीरगंजमा आज विभिन्न संघ संस्थाहरुले कार्यक्रमको आयोजना गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button