तपाईँ सुन्दै हुनुहुन्छः

एनसेलको टावरमा अज्ञात समूहद्वारा आगजनी 

बीरगंज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवास्थित एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।

गएराति सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको जनाइएको छ । सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा रहेको टावरमा आगजनी कसले गरेको हो भन्ने नखुलेको र सो सम्बन्धमा अनुसन्धान भइरहेको बारा प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले बताउनुभयो ।

आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको छ । टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको छ भने बीटीएस भने सुरक्षित रहेको प्रहरी नायब उपरिक्षक पुरीले बताउनुभयो । गएराति नै कलैया र जितपुर सिमरा उपहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी मंगलबार बेलुका नै चितवनको कालिका नगरपालिका–९ मिलनबजारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button