तपाईँ सुन्दै हुनुहुन्छः

इलाम आएका पहिलो पर्यटक ‘लक्की टुरिस्ट’

इलाम । भ्रमण वर्ष २०२० को अवसरमा पहिले इलाम आइपुगेका पाँचजना पर्यटकलाई पर्यटकलाई एक रुपैयाँमा खाने बस्ने सुविधा दिइएको छ ।

इलामका पाँचवटा होटलहरुमा आउने पहिलो पर्यटकलाई लक्की टुरिस्टको रुपमा स्वागत गरी एक रुपैयामा खाने बस्ने व्यबस्था गरिएको होटल एसोशिएसन इलामका अध्यक्ष देवि पौडेलले बताउनुभयो ।

सदरमुकाममा रहेका ग्रीन भ्यु होटल, चियाबारी कटेज, हाम्रो पोखरेली होटल, समिट होटल र ग्रीन सिटी गेष्ट हाउसले यस्तो अफर ल्याएका हुन । होटल एसोशिएसन इलाम , पर्यटन प्रर्बद्धन सरोकार समिति , इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामको होेटलमा यस्तो सुविधा ल्याइएको जनाइएको छ ।

इलाम आइपुगेका एकजना जापानी र चार जना नेपाली पर्यटकलाई स्वागत गरी इलामको पर्यटन सद्धभाव दुतको रुपमा प्रमाण पत्र प्रदान गरी एक रुपैयामा खाना र बाँसको व्यस्था गरिएको हो ।

यस्तै भ्रमण वर्षको सन्दर्भमा इलामबाट काठमाडौँसम्म र काठमाडाँैबाट इलामसम्म आउने एक जना पर्यटकलाई शुभेच्छा ट्राभल्सले निःशुल्क टिकटको व्यस्था गरेको छ । पौष १६ गते बाट एक सातासम्म यो सुविधा ल्याएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button