तोकिएकै मितिमा पार्टीको महाधिवेशन:सभापति शेरबहादुर देउवा
विराटनगर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने बताउनु भएको छ । विराटनगर विमानस्थला आज संचारकर्मीसंग कुरागर्दै सभापती देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललगायतले मिति तोकनु पर्ने माग गरिरहेकोले महाधिवेशनको मिति तोकिएको प्रष्ट पार्नुुभयो । उहाले सहमतीको आधारमा एकतावद्ध भएर पार्टीको महाधिवेशन हुने भन्दै यस विषयमा अनावश्यक विवाद गर्नु जरुरी नभएको वताउनुभयो ।
‘पार्टीका नेताहरुले एक्लै वा समूहमा जहाँ पनि आफुलाई भेट्न वा महाधिवेशनको बारेमा छलफल गर्न आए हुन्छ,भन्नुुहुदै उहाले, ‘सहमतिमा पार्टी चलाउनका लागि तीन बर्षसम्म कुरेर बसेको तर सहमति हुन नसकेकोले बहुमतको आधारमा निर्णय लिएर पार्टीलाई अघि वढाएको वताउनुभयो ।
सभापति देउवाले सरकारले एमसिसी पास गर्नुको बिकल्प नभएको बताउनुभयो ।
‘मुलुकमा पहिलो पटक मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसिमा अमेरिकाले ५५ अर्ब रुपैया ग्राण्ट दिएको छ, र ‘यति ठूलो रकमको ग्राण्ट अहिलेसम्म मुलुकमा प्राप्त नभएकोले यसलाई पास गर्नुको बिकल्प नभएको उहाले वताउनुभयो ।’ उहाले सरकारले एमसिसी संसदबाट पास गर्नेमा आफु विश्वस्त रहेको वताउनुभयो ।
संसदमा सभामुख वा उपसभामुख कांग्रेसले पाउनुपर्ने देउवाले माग गरे । दलहरु विच राजनितिक सहमतीका लागी पनि सभामुख वा उपसभामुखपद्ध कांग्रेसले पाउनुपर्नेमा उहाले जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्