तपाईँ सुन्दै हुनुहुन्छः

आज पहाड र तराईमा पानी पर्न सक्ने !

 

काठमाडौं । पश्चिमी न्युनचापिय प्रणालीका कारण आज देशभरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो हिमाली तथा उच्च पहाडी भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाका मौसमवीद् बरुण पौडेलले जानकारी दिए । पहाड र तराइका केही स्थानमा आज पानी पर्नेछ । यी बाहेक देशका अधिकाशं स्थानमा आज घाम नलाग्ने बताइएको छ ।

पश्चिमी न्युन चापिय प्रणालीका कारण आज देशका धेरै जसो स्थानको आकाश धुम्म हुनेछ भने तापक्रम पनि घट्ने पौडेलले बताए । आगामी शनिवारसम्म यस प्रणालीका कारण मौसम बदली हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान २ दशमलव ८ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button