तपाईँ सुन्दै हुनुहुन्छः

अत्याधिक चिसोका कारण १५ दिन विधालय बन्द

कपिलबस्तु। केही दिनयता अत्याधिक जाडो बढेपछी कपिलबस्तुको यशोधरा गाउपालिकाले १५ दिनका लागि सबै सामुदायिक बिधालयमा बिदा दिएको छ ।

गाउपालिकाले अत्याधिक जाडोको कारण पठनपाठनमा कठिनाई हुने भएको र बिदाकालागि सम्बद्ध पक्षहरुबाट मांग समेत भई आएकोले बिदा दिएको हो । पुस १४ देखि २८ गतेसम्म गाउंपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिईएको यशोधरा गाउँपालिकाका सूचना प्रविधी अधिकृत अनिल ओझाले जानकारी दिनुभयो ।

पुस २९ गतेबाट बिद्यालयहरु पूर्ववत् सञ्चालन हुने गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीले जानकारी दिनुभयो ।

कपिलबस्तुमा बाक्लो हुस्सु र शीतलहरबाट जनजीवन प्रभावित बनेको छ । शितलहरका कारणले प्रभावित क्षेत्रमा दलित, बिपन्न बर्गका परिवार धेरै प्रभावित बनेका यशोधरा गाउंपालिकाका अध्यक्ष गृजेश कुमार पाण्डेयले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button