तपाईँ सुन्दै हुनुहुन्छः

खाजाको रकम बचाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं, १५ पुस । आफ्नो खाजाको रकम बचाएर काठमाण्डौँ चावहिलस्थित एपेक्स लाईफ स्कूलका विद्यार्थीले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख एक हजार पाँच रुपैया प्रदान गरेका छन् ।

किर्तिपुरमा आज आयोजित कार्यक्रम विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने र विद्यार्थीले केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम प्रदान गर्नुभयो । नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न खोलिएको केन्द्रमा विद्यार्थीले खाजा रकमबाट बचाएको रकममा विद्यालयले समेत सहयोग गरी उक्त रकम प्रदान गरिएको निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील भएर देश विदेशमा विभिन्न पुरस्करबाट सम्मानित हुनुभएका महावीर पुनले आफू यो क्षेत्रमा २८ वर्षदेखि क्रियाशील रहेको बताउनुभयो ।

सो अवसरमा विद्यार्थीले महावीर पुनसँग छलफल गर्नुका साथै आविष्कार केन्द्रको अभिरुचिपूर्वक अवलोकन गरेका थिए । विद्यालयले संस्कृत भाषा, नैतिक शिक्षा र नेपाली संस्कार र आदर्श अनुरुपको पठनपाठनमा समेत जोड दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button