तपाईँ सुन्दै हुनुहुन्छः

तरकारी खेतीबाटै किसानको छोरो बने ब्यापारी

    

बर्दिया । धनीराम चौधरी पेशाले किसान हुन् । आफू भित्र केही गर्छु र स्वरोजगार बन्छु भन्ने अठोट लिए कुनैपनी काम गरेपनि सफल भइन्छ भन्ने गतिलो उदाहरण हुन् उनी ।

बिदेशीभूमीमा ४२ देखि ५० डिग्रीको तापक्रममा मरीमरी काम गर्दा पाएको दुःख अहिलेपनि चौधरी झलझली संझन्छन् । विदेशमा पाएको त्यही दुःखले उनलाई आफ्नै देशमा किन पसिना नबगाउने भन्ने प्रेरणा मिलेको चौधरी बताउँछन् ।

गुलरिया नगरपालीका ५ बालापुर बस्ने चौधरी जीवनमा केही गर्ने आश लिएर बिरानो देश साउदी पुगेका थिए । रोजगारीको शिलशिलामा विदेश टेकेको तीनदेखि ३ बर्षसम्म भोगेको उनको  पीडा सुन्दा जोकोहीको आँखा रसाउँछ ।

बिदेशमा पुगे थूप्रै धन कमाउन सकिएला भन्ने उनको कल्पना विदेशमा भोगनु परेको पीडाले मनको लड्डु घिउसँग खानु भन्ने नेपाली उखानकै चरितार्थ बन्न पुग्यो ।

जिन्दगीको बाटो बदल्न हिडेका चौधरी अन्ततः  बिदेशको तितो भोगाइले नेपाल फर्किए । नेपाल फर्किएसँगै उनले आफ्नो पुर्खैउली धानखेतीमा नयाँ केही गर्छु भन्ने उद्देश्य लिए ।

अहिले उनले आफ्नो १ बिगाहा १० कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका छन् । अहिले त्यही तरकारी खेती उनका लागि गतिलो आम्दानीको स्रोत बनेको छ । ‘आफ्नै घर आँगनमा पैसाको बोट रहेछ, चिन्न नजान्दा दुःख पाए’ चौधरीले हँसिलो हुँदै सुनाए । ‘पहिला मकै र धान मात्र खेतीगर्दा परिवार चलाउनै गाह्रो थियो तर तरकारी खेतीले मेरो जीवन नै वदलिदियो’ यो सुनाउँदा चौधरी झन् फुर्किए ।

तरकारी खेतीबाट अहिले चौधरीको १२ जनाको परीवार आनन्दले जीवन यापन गरिरहेको उनले सुनाए । ‘पहिला परिवार धान्नै गाह्रो हुन्थ्यो, बालबच्चाहरुलाई पढाउन त झनै गाह्रो थियो, उनले सुनाए ।

कुनै दिन विरामी पर्दा उपचार गर्न नसकेर रोएको दिन चौधरीको मानसपटलमा अझै संझना छ । धनीरामलाई कहिलेकाहीँ त लाग्थ्यो, यो किसानी पेशा छोडीदिउ । तर पुर्खाको त्यो नदी किनारको बाझोखेतलाई उसै राख्न सकेनन् उनले । अझ विदेशमा पाएको पीडाले त उनलाई बाझों फोर्न नयाँ उर्जा थपिदियो ।

‘खुला सिमानाका कारण भारतीय तरकारीले सजिलै बर्दियामा जरो गाडेको थियो । भारतीय तरकारी बिषादी र महंगो समेत पर्ने हुँदा   यहाँको बजारमा त्यही नरुचाएपनि उपभोक्ताहरुले नलिइ सुँखै थिएन ।‘ घर आँगनमै पैसाको बोट र बजार रहेछ ढिलो गरी मेरो आँखा खुल्यो’ चौधरीले भने ।
‘ कामका अवसर त हाम्रै गाउघरमा रहेछन्, तर के गर्नु, कुनैबेला  अवसर नदेखेर परदेश जानुर्पयो,’ उहाँ विगत सम्झनुहुन्छ ।

२०६५ सम्म आउदा आउदैे धनीराम २५ वर्ष मात्रै लाग्नुभएको थियो । सामान्य गाउले परीवार र भविष्य मा केही गर्ने धोको र बिस्तारै बिस्तारै नदिले कटान गर्दै लगेको पुर्खेउली जमिन सहित उहाँको काँधमा घरको जिम्मेवारी थपियो । परम्परागत खेती त्यती आम्दानीले हातमुख जोर्न पनि गाह्रो, त्यही भएर साउदीको मरभूमीमा परदेशिनुको बाध्यता सुनाउनु भयो धनीरामले ।

३ वर्ष सउदी बसेर धनीराम स्वदेशमै केही गर्ने सोचका साथ घर फर्किनुभयो । नेपाल आएको केही महिनाको अन्तराल पछी आफ्नो लगानी सुरक्षीत गरी के काम गर्ने भनेरे अध्धयन गरे उनले ।

थोरै लगानीमा समय मिलाएर काम गर्न सकिने देखेसँगै आफनै पुर्खैली पेशालाई सुधारेर केही गर्छु भन्ने सोचे र आधुनीक तरीकाबाट तरकारी खेती गर्न सुरु गरे उनले भने ।

८ वर्ष हुन लाग्यो धनीरामले  तरकारी खेती सुरु गरेको पनि । परिवारका सबै (१२) जनाले यत्तिखेर काम पाएका छन् । बार्षिक ६ देखी ८ लाखसम्म खर्च कटाएर आम्दानी हुनेगरेको चौधरी बताउँछन् ।मौसम अनुसार ब्यवशायीक रुपमा ,आलु, ,टमाटर, काउली , खुर्सानी ,धनीया, भाटां, लगायतका तरकारी उत्पादन गर्ने गरेको चौधरी बताउछन् ।

पम्पसेट ,बिउ बिजन ,तारवार लगाएत अन्यमा ५ लाख लगाानीमा सुरु गरेको तरकारी खेतीले अहिले मेरो पहिचान बनाएकोछ, उनले हाँस्दै भने ।

अहिले बर्दिया लगाएत बाँकेको नेपालगंज ,दाङ र सुर्खेतसम्म तरकारी जाने गरेको उनले बताए । बजारको समस्या छैन, ब्यपारीहरु फोन गरेर तरकारी तयार भए नभएको सोध्छन् अनी आफनै खेतमा लिन आइपुगछन् उनले भने ।

उमेरले ३६ वर्षमा लागेका चौधरी हेर्दा हसिलो अनी उही जोस जागरले भरिएका देखिन्छन् । परिवारसँग टाढा रहेर, परदेशमा घाम पानी नभनी खट्दा हुने कमाइभन्दा यही बसेर परिवारसँगै बसेर अझ धेरै कामाउन सकिने रहेछ, उनले भने ।

आफ्नै ठाउमा काम गर्दा  बिमार हुँदा सजिलो हुन्छ, परिवार र आफन्तहरुको सहयोग र हौसला रहन्छ । मन नलागे आराम गर्न पाइन्छ । तर परदेशमा त घुडा टेकेर पनी काम गर्नुपर्छ । चौधरी उज्जालो मुख लगाउदै  भने । ‘आफ्नै ठाउँमा गरिरहेको कामबाट खुशी छु । छोरा छोरी पढिरहेका छन् । खान लाउन पुगेकै छ । समाज र परीवारमा सम्मान पाएको छु । अब अरु के नै चाहिन्छ त ?’

उनकोे भोगाइमा काम गर्न लजाउनु नै असफल हुनु हो । उनी भन्छन् ‘लाज मानेर कहिल्यै प्रगती गर्न सकिदैन ।’
‘साँच्चै स्वदेशमै काम गर्ने मन हुने हो भने दृढ संकल्प लिएर कुनैपनी काम गरे सफलता अवश्य पा्रप्त हुन्छ । कामका अवसर थुप्रै छन् । सबैको जीवनमा उतार चढाब आउछ । मेरो पनी आयो ।  ‘बिदेशीएर दुख पाए । किसानको छोरो ब्यापारी भए’ धनिरामले गर्वगर्दै भने ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button