तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धी

काठमाडौं । मंगलबार तोलामा २ सय रुपैयाले सुनको मूल्य बढेको छ । मूल्य बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको ७३ हजार २ सय रुपैयाँ कायम गरेको छ।  यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button