अत्यधिक चिसो बढेसँगै नेपालगञ्ज र डुडुवाका विद्यालय चार दिनसम्म बन्द
बाँके। अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय चार दिनका लागि बन्द गरिएको छ ।
ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार, आजदेखि पुस १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । निरन्तरको शीतलहर र चिसोले यस क्षेत्रकै जनजीवन कष्टकर बनेपछि विद्यार्थीको सजिलोको लागि विद्यालय बन्द गर्ने निर्णय भएको नेपालगञ्ज नगर शिक्षा समितिका प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।
यसैबीच, अत्यधिक चिसोका कारण नेपालगञ्जका गरिब, असहाय, बेसहारा बढी प्रभावित भएपछि उपमहानगरपालिकाले आगो ताप्न टोल टोलमा दाउरा वितरण गरेको छ । उनीहरुलाई चिसोबाट जोगाउन उपमहानगरपालिकाले वडा कार्यालयमार्पmत टोल टोलमा दाउरा वितरण गरेको सूचना अधिकारी शरद पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्