तपाईँ सुन्दै हुनुहुन्छः

बेचबिखनमा परेका १६ जनाको उद्दार

  बर्दिया । माइती नेपालले बर्दियाका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बर्दिया जिल्लाबाट माइती नेपालले ४ बर्षमा सिमा नाका बाट ४ सय ९७ जनाको उद्दार गरेको जानकारी दिइयो ।

कार्यक्रममा सन् २०१९ मा मात्र ५८ वटा खोजतलासको निबेदन परेको मध्ये १६ जनालाइ फेला पारी उनीहरुको उद्दार गरेको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले बताउनु भयो ।

बर्दिया जिल्ला भारतसँग जोडिएको र खुल्ला सिमानाका कारण भारत सजिलै लैजान हुने नाकामा पर्दछ । यो जिल्लामा निगरानी गर्न धेरै कठीनाइ हुने रिमालले बताउनु भयो ।

प्रलोभन वा अन्य बहानामा २० देखि ५० बर्षसम्मका किशोरी तथा महीलाहरु भारत र भारतको भूमी प्रयोग गरी बिदेशमा बेचीने गरेको कार्यक्रममा जानकारी गराइयो । यसका साथै बर्दियामा २०१६ देखि हालसम्म २ सय ६ जना मध्ये ४३ जना सकुशल उद्दार गरेको माइती नेपाल बर्दियाले आफनो तथ्यांकमा देखाएको छ ।

बेचबिखन नियन्त्रणका लागि सञ्चारकर्मीहरुले विशेष कलम चलाउनु पर्नेमा कार्यक्रमका अध्यक्ष एवं पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले जोड दिनुभयो ।

‘फ्री अ गर्ल’ को सहयोग र नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button