तपाईँ सुन्दै हुनुहुन्छः

शहीद स्मारक ए डिभिजन लिग : च्यासल-जावलाखेल र हिमायलन शेर्पा- ब्रिगेड ब्वाईजबीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् । आजको खेलमा च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

समाचारअनुसार दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ बजे भिड्न शुरु गर्नेछन् । दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेड दिउँसो ३ बजे भिड्नेछन् ।

लिगमा तीन खेलबाट च्यासलले एक जित, एक बराबर र एक हारबाट ४ अंक जोडेको छ । भने अपराजित रहेको जावलाखेलको ५ अंक छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ ।

ब्रिगेड एक जित र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button