तपाईँ सुन्दै हुनुहुन्छः

भोलीदेखि मुलुकमा अझ चिसो बढ्ने

काठमाण्डौ–भोलीदेखि मुलुकका धेरै ठाउँमा चिसो बढ्ने मौसम पुर्वानुमान महाशाखाले छन् । जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद्उले बताएका हुन् ।

यही प्रणालीका कारण बुधबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ । यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्ने अनुमान रहेको मौसमविद्को भनाई छ ।

देशभर तापक्रम घट्ने क्रम रहेकाले हिमपात र चिसोबाट सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button