तपाईँ सुन्दै हुनुहुन्छः

कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण दिने तयारी

भक्तपुर । प्रधानमन्त्री कृषि आधुनिक परियोजना,परियोजना कार्यान्वयन ईकाई भक्तपुरले जिल्लाका कृषकलाई ५० प्रतिशत अनुदानमा बिभिन्न कृषि उपकरण दिने भएको छ ।

ईकाईले आर्थिक बर्ष २०७६/ ०७७ को स्वीकृत कार्यक्रम अनुसार साना मेशिनरी औजार र उपकरण तथा सिंचाई निर्माण तथा मर्मत सम्भार र भकारो सुधार कार्यक्रमका लागि अनुदान दिने भएको हो ।

ईकाईका बरिष्ठ कृषि अधिकृत रिता सिंहले अनुदान पाउनका लागि कृषकलाई आब्हान गरिएको बताउनुभयो ।
ईकाईले सानो मेशिनरी औजार तथा उपकरण अनुदान अन्तर्गत पावर टिलर,मिनीपावर टिलर,ड्याङ्ग बनाउने मेशिन र आलु खन्ने मेशिनमा अनुदान दिने जनाएको छ ।

अनुदान पाउनका लागि कृषकले ईच्छुक कृषि सहकारी,कृषि समुह,कृषि फर्म,जल उपभोक्ता समिति मार्फत पुस मसान्तसम्म सुडालस्थित कार्यालयमा आवेदन दिन कार्यालयले सुचित गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button