तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा सौतेला बुवाले गरे ३ वर्षीया छोरीको हत्या

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारी बस्ने तीन वर्षीया बालिका सुशीला चुनाराको उनकै सौतेला बुवा ३० वर्षिय ईन्द्र चुनाराले हत्या गरेका छन् ।

सोमबार दिउँसो बालिकाकी आमा दाउरा लिन नजिकैको जंगलमा गएको बेला घरमै रहेकी बालिकाको  हत्या गरेको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार घटनाको प्रकृति हेर्दा बालिकालाई कुटपिट गरिएको देखिन्छ भने  बालिकाको बलात्कार पछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।

बालिकाको कुटपिट गर्ने सौतेला बुवा ईन्द्र चुनारालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । मृतक बालिकाका छिमेकी र आफन्तले हत्यारालाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button