तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा ‘ढुवानी ग्राम’ निर्माणको शुरुआत

बुटवल । बुटवलमा ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन ‘ढुवानी ग्राम’ निर्माणको शुरुआत भएको छ ।

बुटवल उपमहानगरपालिकाले वडा १२ नयाँगाउँमा ग्राम बनाउने कार्य अगाडि बढाएकोे छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले गुरुयोजना बनाइ ग्रामको काम शुरु भएको जानकारी दिनुभयो ।

ग्राम निर्माणका गर्न उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालिबीच हालै सम्झौता समेत भएको थियो । एक वर्षको अवधिभित्र नै तोकिएका सेडहरू निर्माण गर्ने गरी सम्झौता भएको जनाइएको छ ।

गुरुयोजना अनुसार ग्रामको कूल अनुमानित लागत २३ करोड २४ लाख ७९ हजार ६७४ रहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

सेड निर्माणको अनुमानित लागत प्रतिसेड २६ लाख ३२ हजार ३२० का दरले ४९ सेडको रु १२ करोड ८९ लाख ८३ हजार ६८० रहेको छ ।

निर्माण हुने एउटा सेड १ हजार ५५० वर्गफुट क्षेत्रफलको हुनेछ । प्रति सेडको मासिक बहाल प्रति वर्गफुट दुई रुपैयाँका दरले तीन हजार १०० हुने र बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने गरी सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button