तपाईँ सुन्दै हुनुहुन्छः

१५ हजार नगदसहित महानगरपालिकाका लेखापाल रंगेहात पक्राउ

बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले आज बीरगंज महानगरपालिकाका लेखापाल राकेश कुमार जयसवाललाई भुक्तानी दिने क्रममा ठेकेदारसँग घुस वापत लिएको रकम १५ हजार रुपैया नगदसहित रंगेहात पक्राउ गरेको छ ।

बीरगंज महानगरपालिकाको वडा नम्बर ३० मा ढलान सडक निर्माणपछि ठेकेदारलाई भुक्तानी दिने क्रममा घुस रकम वापत १५ हजार रुपैया लिने क्रममा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

बीरगंज महानगरपालिकाका लेखाअधिकृत रुपनारायण राउत कुर्मीको कार्यकक्षमा रहेको शोफासेट मुनी घुसवापत लिएको रकम लुकाएर राखेको अवस्थामा शोफाको माथिबाट पैसासहित जैसवाललाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका जयसवाललाई थप अनुसन्धानका लागि हेटौडा लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button