तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीबाट बरिष्ठ भूगर्भबिद डा.टोनी हेगनको मुखाकृत हुलाक टिकटमा प्रथम दिवसीय टाँचा

काठमाडौँ । राष्ट्रपति बिधादेवी भण्डारीले बरिष्ठ भूगर्भबिद डा.टोनी हेगनको मुखाकृत हुलाक टिकटमा आज प्रथम दिवसीय टाँचा लगाउनुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित बिशेष समारोहबीच राष्ट्रपति भण्डारीले बरिष्ठ भूगर्भबिद डा.टोनी हेगनको मुखाकृत २० रुपैयाँ मूल्यको हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय आवरणमा टाँचा लगाउनुभएको हो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष डा.टोनी हेगन फाउण्डेशनका अध्यक्ष डा. प्रमोद कुमार झाले डा.टोनी हेगनका नेपालसम्बन्धी पुस्तक पेश गर्नुभयो ।

त्यस अवसरमा सञ्चार तथा सुचना प्रविधी मन्त्रालयका सचिव दीपक सुबेदीले नेपालको भूगर्भ सम्बन्धी खोजमा डा.टोनी हेगनको योगदान महत्वपूर्ण रहेको र उहाँले नेपाल सम्बन्धी पुस्तक तथा बृतचित्र निर्माण गरी नेपाललाई बिश्वसामु चिनाउन पुर्याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button