तपाईँ सुन्दै हुनुहुन्छः

महाशाखाले गर्यो तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका लगायत देशभरको आगामी तीन दिनको मौसमको बारेमा पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार आज तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेने छ ।

महाशाखाले गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १४ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १५ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहने देखिन्छ।

राती : देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

पौष १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भू-भागमा हल्का वर्षाको संभाबना रहेको छ। उच्च पहाडी र हिमाली भु-भागमा हल्का देखि मध्यम खालको हिमपात पनि हुने संभाबना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको संभाबना रहेको छ। उच्च पहाडी र हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button