तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशन समयभित्रै हुनुपर्छ: केन्द्रीय सदस्य डा कोइराला

मोरङ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य डा कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एकभएर जाने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button