करेन्ट लागेर कञ्चनपुरमा एक युवकको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको माहाकाली नगरपालिका-३ मा करेन्ट लागेर १९ वर्षीय तेजराज जोशीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार बैजनाथ इन्जिनियरिङ कलेजमा अध्यननरत कञ्चनपुरकै कृष्णपुर नगरपालिका -१ दोमिल्लाका जोशी ओजिटीका लागि त्यहाँ गएका थिए ।
जोशीलाई सडक नाप्ने बेला करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ । उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारजनले सत्य तथ्य छानविनको गर्न माग गरेका छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्