तपाईँ सुन्दै हुनुहुन्छः

दुई महिनादेखि ईलाका प्रशासन कार्यालयमा प्रमुख विहिन

सल्यान । बागचौर नगरपालिकामा रहेको ईलाका प्रशासन कार्यालय दुई महिनादेखि प्रमुख विहिन बनेको छ । यस अघि कार्यालय प्रमुख सरुवा भएपछि नयाँ कार्यालय प्रमुख नआएको प्रशासन स्रोतले जनाएको छ ।

कार्यालयमा लामो समयदेखि प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन । सबैभन्दा बढी कार्यालयबाट नागरिकता लिन आउनेहरु प्रत्यक्ष मारमा परेका छन् । ईलाका प्रशासनबाट सहजै पाइने नागरिकता लिन सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाका सेवाग्राहीलाई मध्येनजर गरी बागचौरमा २०७२ सालदेखि कार्यालय स्थापना भएको छ ।

कार्यालयमा प्रमुख विहिन हुँदा काम गर्नसमेत समस्या भएको कार्यालयका नायव सुब्बा हरि सापकोटाले बताउनुभयो । दुई महिनादेखि प्रमुख नहुँदा वडा अध्यक्षहरुलाई जिल्लाको सिफारिस दिन आग्रह गरिएको उहाँको भनाई छ । अहिले पासपोर्टको अभिलेख भिडाउन मात्र सेवाग्राही आउने गरेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले इलाका प्रशासन कार्यालय सल्यानबाट कार्यालय प्रमुखको सरुवा भए लगत्तै कर्मचारी पठाइ दिने भनेर गृहमन्त्रालयमा ताकेता गरेको जानकारी दिनुभयो । बागचौरलाई पहिलो प्राथमिकतामा राखेर कर्मचारी पठाउने मन्त्रालयले बताएको न्यौपानेले बताउनुभयो । उहाले भन्नुभयो ‘ईलाका प्रशासन कार्यालयबाट सेवा लिन आउने सेवाग्राहीलाई समस्या भएको मैलै पनि महशुस गरेको छु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button