तपाईँ सुन्दै हुनुहुन्छः

इजिप्टमा सडक दुर्घटना, २८ जनाको मृत्यु

ऐजेन्सी । इजिप्टमा भएको दुई भिन्दा भिन्दै सडक दुर्घटनामा २८ जनाको मृत्यु भएको छ ।

सुयज कानल सहरमा भएको मिनीबस दुर्घटनामा २२ जनाको मृत्यु भएको त्यहाँको सुरक्षा श्रोतले जनाएको छ ।

कामदार बोकेको उक्त मिनिबसलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

त्यसैगरी, राजधानी कायरोमा पर्यटक बोकेका दुई बसलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई मलेसियन र एक भारतिय गरी ३ पर्यटक र ३ इजिप्टका नागरिक रहेको बताइएको छ ।
दुर्घटनामा २४ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button