तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक’

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभएको छ ।

आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पर्यटन मन्त्री भट्टराईले भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेशस्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भई रहेको उल्लेख गर्दै उहाँले पर्यटन प्रवद्र्धनका काम पनि त्यही गतिमा अघि बढेको जानकारी दिनुभयो ।

आजै पर्यटन मन्त्री भट्टराईले निर्माणाधीन पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिनुभयो ।

मन्त्री भट्टराईले विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहणको बारेमा जानकारी लिनुभयो ।

सन् २०२१ जुलाई १० सम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएकोमा हालसम्म ५४ प्रतिशत काम सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button