तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीका उखु किसान धर्नामा

काठमाडौं । सहमतिअनुसार ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् ।

सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण धर्नामा बस्न बाध्य भएको उनीहरुको भनाई छ ।

यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश मिश्र, ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रामेश्वारथ राय र सचिव हरिश्याम रायको समस्या समाधान समितिले २०७६ साल भदौ मसान्त भित्रमा किसानको बक्यौता रकम भुक्तानी दिने निर्णय गरेको थियो ।

सर्लाही जिल्लामा झन्डै ३० हजार बिघा क्षेत्रफलमा ऊखु खेती गरिन्छ । ऊखु खेतीमा करिब २० हजार किसान आबद्ध रहेको ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रायले जानकारी दिनुभयो ।

सर्लाही जिल्लाका २० हजार किसानको अन्नपूर्णसँग ५० करोड र महालक्ष्मीसँग २१ करोड गरी कूल ७१ करोड बक्यौता रहेको समितिका सचिव हरिश्याम रायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button