तपाईँ सुन्दै हुनुहुन्छः

५ महिनामा वीरगञ्जबाट ८० अर्ब ७१ करोड राजश्व असुली

काठमाडौं । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय तथा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयल वीरगञ्जले चालु आर्थिक वर्षको ५ महिनामा ८० अर्ब ७१ करोड ३५ लाख राजश्व असुली गरेको छन् ।

लगातार रुपमा वीरगञ्ज नाकाबाट आयात घटेपछि वीरगञ्ज भन्सार र सिर्सिया सुख्खाबन्दरगाह भन्सारको राजस्व असुली लक्ष्य भन्दा कम भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा ६४ अर्ब ३५ करोड, ८ लाख ३० हजार राजस्व संकलन गरेको छ ।

अर्थमन्त्रालयले वीरगञ्ज भन्सारलाई ५ महिनामा ९७ अर्ब ५२ करोड ६५ लाख १६ हजार राजस्व असुलीको लक्ष्य तोकेकोमा लक्ष्यको ६६ प्रतिशत मात्र राजश्व संकलन भएको वीरगञ्ज भन्सारका सूचना अधिकारी विमल साहले जानकारी दिनुभयो ।

वीरगञ्ज भन्सारका अनुसार सवारी साधन तथा इन्धनको आयातमा गिरावट आएपछि राजस्व घटेको जनाएको छ ।

त्यसैगरी, श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले मंसिर महिना सम्म १६ अर्ब ३६ करोड २७ लाख ४३ हजार रुपैया राजश्व संकलन गरेको छ ।

भन्सार विभागले यस अवधिमा १८ अर्ब ३८ करोड ७३ लाख ९८ हजार रुपैया राजश्व संकलनको लक्ष्य तोकेकोमा लक्ष्य भन्दा १० प्रतिशत कम राजस्व उठेको सिर्सिया बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button