तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र निमार्णको अभियानमा सबै एकतावद्ध भएर लाग्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै एकजुट भएर राष्ट्र निमार्णमा लाग्नुपर्ने बेला आएको बताउनु भएको छ ।

प्रेस संगठन नेपालको नवनियूक्त कार्यसमितिको सपथ ग्रहण कार्यक्रमलाई आज प्रधानमन्त्री निवास बालुवाटार सम्बोधन गर्नुहुंदै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले जातजाति, धर्म र भुगोलका नाममा हुने आन्दोलनको औचित्य सकिएकाले राष्ट्र निमार्णको अभियानमा सबै एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार प्राप्त उपलब्धिको रक्षा गर्ने र सुशासन कायम गर्दै समाजिक न्यायसहितको समाजवादतर्फ उन्मुख भएकोले सत्य र तत्थ्यपरक रुपमा कलम चलाउन सन्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जाडोबाट वर्षनी हुने मानवीय क्षतिलाई ध्यानमा राखेर धेरै जाडो हुने गाँउबस्तीमा कम्बलसहितको आवश्यक प्रवन्ध मिलाईएको बताउनुभयो ।

उहाँले सबै बिधि र प्रक्रिया अपनाएर गोकर्ण रिसोर्टलाई लिजमा दिईएकाले भ्रमात्मक कुराको कुनै तुक नहुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्राकृतिक र मानवीय स्रोतको समुचित परिचालन गर्न सके यूवाहरुको स्वदेशमै रोजगारीको ग्यारेण्टी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समृद्धिको नयाँ युगमा प्रवेस गरिसकेको बताउनुभयो ।
उहाँले विचार र राजनैतिक दृिष्टकोण परिवर्तनको संवाहक भएकाले मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा नै समद्धि सम्भव हुने कुरामा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीको रक्षा गर्न सही सुचनाको आवश्यक हुने भएकोले जनमत निमार्णमा सुचनाको भुमिका निर्णायक हुने बताउनुभयो ।

कार्यक्रममा पत्रकारितामा सक्रिय विभिन्न पत्रकारहरुलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेमा अग्निशिखा पत्रकारिता पुरस्कारबाट रेडियो नेपालका मुख्य सम्वाददाता प्रमोद दाहाल, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कारबाट निर्मला शर्मा, विरेन्द्र कुमार शाह क्रियाशिल यूवा पत्रकारिता पुरस्कारबाट राजु अधिकारी(झापा),वसन्त प्रताप सिंह(बझाङ) ,सुरेन्द्र प्याकुरेल सुनसरी, त्यस्तै डेकेन्द्र थापा पत्रकारिता पुरस्कारबाट शुशिल अर्याल (गोर्खा ), दिपक रिजाल (धादिङ) र मिना बुढाथोकी (सल्यान) र पद्य्म लक्ष्मी सावित्री वस्नेत पत्रकारिता पुरस्कारबाट दमन राई ( खोटाङ), यूनिक पिफा धिसिङ (रामेछाप र रविना वोहोरा (बाग्लुङ) परेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button