तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका मुख्य संवाददाता दाहाल अग्निशिखा पत्रकारिता पुरस्कारबाट सम्मानित

Image may contain: 6 people, including Nirmala Sharma, people sitting, people standing and indoor

काठमाडौँ । रेडियो नेपालका मुख्य संवाददाता प्रमोद दाहाल अग्निशिखा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रममा आज उहाँलाई अग्निशिखा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो ।

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अग्निशिखा पत्रकारिता पुरस्कारबाट प्रमोद दाहाल र ‘हृदयचन्द सिंह पत्रकारिता’ पुरस्कार सञ्चारकर्मी निर्मला शर्मालाई कदर पत्रसहित सम्मानित गर्नुभयो । उक्त दुवै पुरस्कारको राशी रु एघार हजार एक सय एघार रुपिया रहेको छ ।

यसैगरी ‘वीरेन्द्र साह क्रियाशिल’ पत्रकारिता पुरस्कारबाट झापाका राजु अधिकारी, बझाङ्गका वसन्तप्रताप सिंह र सुनसरीकी समुद्रा प्याकुरेललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी जनही रु पाँच हजार रहेको छ ।

यस्त रु ५ हजार राशीको ‘डेकेन्द्र थापा पत्रकारिता पुरस्कार’ गोरखाका सुशिल अर्याल, धादिङका दिपक रिजाल र सल्यानकी मिना बुढाथोकीलाई प्रदान गरिएको छ ।

Image may contain: 4 people

यसैगरी रु पाँच हजार राशी रहेको ‘पद्मलक्ष्मी–सावित्रि वस्नेत पत्रकारिता पुरस्कार’ खोटाङका दमन राई, रामेछापकी युनिकविफा घिसिङ र वागलुङकी रविना वोहरालाई प्रदान गरिएको छ ।

सङ्गठनका सहसंयोजक गणेश वस्नेतले दुई बर्ष अगाडि घोषणा गरिएको पुरस्कार दुई सङ्गठन एक भएपछि प्रदान गरिएको बताउनुभयो ।

Image may contain: 17 people, including Nirmala Sharma, people sitting and indoor

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button