तपाईँ सुन्दै हुनुहुन्छः

२१ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

तुलसीपुर । तुलसीपुरको गोलौराबाट २१ हजार नगदसहित जुवा खेलिरहेका तीन गाउँका १७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर –६ निबासी हरी वली, पवन भारती, पुर्ण भण्डारी, गनेस सुनार, टंक गिरी, इश्वरी प्रसाद खड्का, टिकाराम बस्नेत, दोर्णबहादुर बस्नेत, झुग्गु रेग्मी, विष्णु खड्का, डिल्लीबहादुर थापा, तुलसीपुर –१० का रेशम बहादुर भण्डारी, भरत सुनार, धनीराम चौधरी, विष्णु नेपाली, तुलसीपुर–५ का सौरभ चौधरी, र भिम केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय घोराहीबाट सादा पोशाकमा खटेको विशेष प्रहरीको टोलीले जुवा खेलिरहेको अवस्थामा टंक गिरीको घरमा छापा मारेर प्रहरीले २१ हजार चार सय १० रुपैया नगद र जुवा खेल्ने तास पनि बरामद गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button