तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पा स्वास्थ्य सेवामा सुधार

जाजरकोट । समस्याबाट ग्रासित भएको डोल्पा स्वास्थ्य सेवा कार्यालयले सेवा सुधारेसँगै विश्वास आर्जन गर्न थालेको छ । पन्ध्र शै्याको सो कार्यालयले अहिले जिल्लामै सामान्य खालका अप्रेशन, डिजिटल एक्सरे सेवा (सिआर), सबै खालका रगत जाँच गर्दै आएको छ । त्यस्तै बिरामीको सेवा प्रवाह सहज बनाउन कार्यालयले सुविधा थप गरेको छ ।

स्वास्थ्य सेवा कार्यालयले विगतमा भर्ना भएका बिरामीलाई साधारण खाना दिँदै आएकोमा अब सेवा थप गरेर खाना, नास्ता र बिहान बेलुका चियाको व्यवस्था गरेपछि बिरामीलाई खानाको समस्या टरेको छ । अस्पताल भर्ना भएका बिरामीलाई बिहान र बेलुका चिया, १० बजे खानासँग अण्डा, दिउँसो रोटी तरकारी हप्तामा दुई पटक मासु र बिरामीको अवस्थाअनुसार मानवोचित सेवा उपलब्ध गराउने निर्णय गरेको डाक्टर पसजन रावलले जानकारी दिनुभयो ।

टाढाबाट बिरामी लिएर स्वास्थ्य सेवा कार्यालय आएका आफन्तहरु बिरामीको खाना, नास्ता खरिद गर्ने रकम नहुँदा हैरानी व्यहोर्दै आएका थिए । सेवा कार्यालयले सेवा विस्तार गरी जनपक्षीय कार्य अगाडि बढाएपछि स्थानीयवासी खुशी भएका छन् ।

अस्पतालका बिरामीले उपचार गराउँदा जाडोको सकस नपरोस् भनेर देउसीभैलो खेलेर जम्मा भएको रकमले १७ वटा फाइबर सिरक, चार वटा हिटर, चामल उपलब्ध गराइएको रावलले जानकारी दिनुभयो । सेवा प्रवाह सुधार भएसँगै अहिले बिरामी खुशी भएका छन् ।

प्रदेश सरकारको मातहत मा रहेको डोल्पा स्वास्थ्य कार्यालय अहिले सबैको भरोसाको केन्द्र भएको छ । सामान्य खालको उपचार नहुँने यहाँ अहिले सामान्य खालका सल्यक्रियासमेत हुँदै डोल्पाली खुशी भएका छन् ।

सेवा कार्यालयको भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम शुरु हुन लागेको छ । रु दुई करोड रकम कर्णाली प्रदेश सरकारले पठाएर डिपिआरको काम शुरु गर्न लागेको हो । डिपिआरको काम ढिला हुँदा केही समस्या आएको सेवा कार्यालयले जनाएको छ । नयाँ भवन निर्माणका लागि रु २७ करोड विनियोजन भएको छ । प्रतिवेदन आउन साथ निर्माणको काम हुनेछ । प्रदेश सरकारले डिपिआरको लागि कर्मचारी खटाइसकेको तर कुन मापदण्डका आधारमा गर्ने भन्ने छलफल भइरहेको कार्यालयले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले सेवा दिएन

डोल्पामा एक वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रवाह गरेको छैन । सम्झौता गरेर पनि डोल्पामा सेवा नदिएको कार्यालयले जनाएको छ । ठाउँ औगट्ने तर सेवा प्रवाह नगर्ने कार्यले गर्दा समस्या निम्तिएको डाक्टर सिजन रावलले जानकारी दिनुभयो । अहिले करारमा कार्यरत दुई चिकित्सक, दरबन्दीको चारमध्ये एक जना कार्यरत रहेको पाइएको छ ।

मरामर्शदाताको तीन वटा दरबन्दी खाली छ । खाली दरबन्दी पूर्तिका लागि पहल भइरहेको बताइएको छ । अहिले स्थानीय चिकित्सकले सेवा दिँदै आएका छन्् । अहिले लामो समयदेखि स्वास्थ्य बीमा गरेका बिरामीले औषधि नभएको बताएको छ । औषधि खरिद नहुँदा बीमितले औषधि नपाएका हुन् । स्वास्थ्यकर्मी सबैको दरबन्दी पूर्ति भएमा सेवा प्रवाह अझै प्रभावकारी हुने डा रावलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button