तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकाको तापक्रम, आज शून्य दशमलव ६ मापन गरियो

काठमाडौं, । आज शनिबार बिहानको उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेन्टिग्रेड मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मापन गरिएको तापक्रम यो वर्षकै सबैभन्दा न्यून हो।

उपत्यकाको तापक्रम अझै घट्नसक्ने र केही दिनमै माइनसमा जानसक्ने महाशाखाले जनाएको छ। बाक्लो हुस्सुका कारण तराईमा पनि जाडो बढ्दै गएकाले शीतलहरको प्रभाव देखिनसकिने महाशाखाको भनाइ छ। आज समान्यतः मौसम देशभर सफा रहने महाशाखाले जानकारी दिएको छ। आइतबार, सोमबार र मंगलबारसम्मै पानी पर्ने सम्भावना नरहेको विभागले बताएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button