तपाईँ सुन्दै हुनुहुन्छः

घोडाले हान्दा एक बालकको मृत्यु

सल्यान । सल्यानमा घोडाले हान्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ खहरेखोलाका ८ वर्षिय राजु बुढाको घोडाले हान्दा मृत्यु भएको हो ।

शुक्रबार साँझ घोडाले हान्दा घाइते भएका बुढाको उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

छिमेकीको घरबाट खेलेर फर्किने क्रममा चरी रहेको घोडाले लात्ती हानेको थियो । मृत्तक बुढा श्री उज्ज्वल स्टार बोडिङ स्कुल सल्लीबजारमा कक्षा ३ मा पढ्दै आइरहेका थिए ।

उनको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल राखिएको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button