तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर सुमो दुर्घटना अपडेट: मृतक सबैको पहिचान खुल्यो

मकवानपुर । मकवानपुरको भिमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर ३ ओखरडाँडामा शुक्रबार भएको रौतहटको चन्द्रपुरबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटनामा परी मृत्यु हुने ५ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चन्द्रपुर बस्ने अन्दाजी ३५ बर्षीया श्रृजना बिश्वकर्मा, उनका श्रीमान मनिष विश्वकर्मा, रौतहट चन्द्रपुर नगरपालिका ६ झनझनी टोल बस्ने ७४ बर्षीय केदार प्रसाद तिमिल्सिना, सिन्धुली दुधौली नगरपालिका ५ बस्ने ५८ बर्षीय नेत्रमान रुसाल ‘भुजेल’ र उनकी श्रीमती ५२ वर्षीया भक्तकुमारी रुसाल ‘भुजेल’ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइते हुने ४ जनामा सुमो चालक हेटौंडा–१७ का २८ वर्षिय अनिल बिश्वकर्मा सर्लाही बागमती नगरपालिका ३ का २७ बर्षीय रंजित रिजाल, रौतहट गरुडा नगरपालिका ५ का नन्दकिशोर शाह र रौतहट माधव नारायण नगरपालिका ५ का ५५ बर्षीय जय शाह रहेको प्रहरीले जनाएको छ । नन्द किशोरको मेडिसिटि अस्पतलमा आइसियुमा राखेर उपचार भइरहेको तथा अन्य ३ जनाको काठमान्डौंको बयोधा र मेडिसिटि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button