तपाईँ सुन्दै हुनुहुन्छः

आयोगले निर्वाचन पर्यवेक्षकको समेत पर्यवेक्षण गर्ने

काठमाडौँ । निर्वाचन आयोगले अबदेखि हुने निर्वाचनमा परिचालन हुने पर्यवेक्षकको समेत पर्यवेक्षण गर्ने भएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)द्वारा आज काठमाडौंमा आयोजित उपनिर्वाचन पर्यवेक्षण प्रतिवेदन समीक्षामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचनमा पर्यवेक्षणमा खटिने व्यक्ति र संस्थाको पनि पर्यवेक्षण गरिने जानकारी दिनुभयो ।

निर्वाचनको पर्यवेक्षणमा खटिने कतिपय व्यक्तिबाट मतदान केन्द्र र मतदान स्थलमा आचार संहिता विपरीत कार्य गरेको गुनासा आएपछि पर्यवेक्षकको समेत पर्यवेक्षण गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button