तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा सुमो दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो

मकवानपुर । मकवानपुरको भिमफेदी कुलेखानी सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर ३ मा आज दिउसो भएको सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

तीन जनाको घटनास्थलमा नै र अन्य दुईजनाको उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा चार जना पुरुष र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिनुभयो ।

मृत्यु हुने पाँच जना मध्ये रौतहटको चन्द्रनिहापुर नगरपालिका बस्ने मनिष विश्वकर्मा र उहाँकी श्रीमती सृजना विश्वकर्माको मात्र सनाखत हुन सकेको प्रहरी निरीक्षक कुर्मीले  बताउनुभयो । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

हेटौंडा–काठमाडौँ छोटो दुरीको मार्ग अन्तरगत काठमाडौँबाट रौतहटको चन्द्रनिगाहापुर जाँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो इन्द्रसरोवर गाउँपालिका ३ ओखलडाँडामा दुर्घटना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button