त्रिभुवन आर्मी क्लबको दोश्रो जित
त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।
शुक्रवार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० ले पाखा लगाउँदै जित निकालेको हो ।
जितसँगै आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।
आर्मीको जितमा कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले गोल गरे । खेलको म्यान अफ दि म्याच भरत खवास बने । शेर्पाले भने ३ खेलबाट २ अंक जोडेको छ ।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ । दस खेलाडीमा सीमित पुलिसले शुक्रबार सरस्वती युथ क्लबलाई २–० हराउँदै तेस्रो खेलमा पहिलो जित निकालेको हो ।
पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे । सरस्वतीको यो लगातार तेस्रो हार हो । ३ खेलमा पुलिसको ४ अंक पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्