तपाईँ सुन्दै हुनुहुन्छः

मेलमिलाप सम्बन्धी अधारभुत तालिम शुरु

बारा । स्थानीयस्तरको बिवाद स्थानीयस्तरमा नै समाधान गरौँ भन्ने नाराका साथ बाराको सदरमुकाम कलैयामा मेलमिलाप सम्बन्धि अधारभुत तालिम शुरु भएको छ ।

एसिया फाउन्डेशनको आर्थिक सहयोग, माण्डवी संस्थाका सहकार्य र कलैया उपमहानरपालिका न्यायिक समितिको आयोजनामा सो तालिम हुन लागेका हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष एवम न्यायिक समितिका सदस्य पुन्देव रौनियारले प्रमुख आतिथ्यतमा शुरु भएको उक्त कार्यक्रम सात दिनसम्म चल्ने सो तालिमको प्रशिक्षण प्रशिक्षक बिजी घिमिरेले दिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रौनियारले समाजमा मेलमिलापको आवश्यकता रहेको हुँदा यस्ता तालिमले समाजमा रचानात्मक काम गर्न तथा नागरिकमा सचेतना जगाउन समेत महत्वपुर्ण हुने बिस्वास व्यक्त  गर्नुभयो ।

उहाँले अहिले पनि समाजमा झिनामसिना मुद्धाहरुमा पनि प्रहरी प्रशासन एवम अदालतको नै भर पर्नुपर्ने बाध्यता रहेको हुँदा गम्भिर प्रकृतिका मुद्धा बाहेक अन्य झिनामसिना मुद्धाहरुलाई आफ्नै गाँउठाँउमा मेलमिलाप केन्द्रमार्फत गर्नुपर्नेमा सुझाव दिनुभयो ।

न्याययिक समिति कलैया उपमहानगरपालिकाका संयोजक रहिमा खातुनको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा कानुन अधिकृत कमल प्रसाद पोखरेल, माण्डवीका मेलमिलापकर्ता पार्वती भटराई, एसिया फाउन्डेशनका प्रतिनिधि नेजमुल्ला अंसारी, कलैया उपमहानगरपालिका वडाका वडाअध्यक्षहरु बिक्रम यादव, बिक्रम साह कानु, महन्त ठाकुर लगायतले शुभकमना मनतब्य व्यक्त गर्नुभएको थियो ।

त्यस्तैगरी समाजमा हुने गरेको मनमुटाव, खिचातानी, बादबिवादका कारण समाजमा बिभिन्न खालका समस्या श्रृजना हुने गरेको हुँदा सभ्य समाजको निर्माण, भाईचराको सम्बन्ध कायम गर्नका लागि पनि मेलमिलापको अवधारणा सकारात्मक रहेको कार्यक्रममा बताइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button