तपाईँ सुन्दै हुनुहुन्छः

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं ।फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

फोहर बोकर पासाङल्यामु मार्ग हँुदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दु’र्घटनामा चालक र सहचालकको घ’टनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।

ना२क ३३८ नंको मिनीट्रक दु’र्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरले जानकारी दिनुभयो । उहाँको अनुसार अनियन्त्रित भएर सडकबाट करीब २० मिटर तल पुगेको मिनीट्रकमा दु’र्घटनापश्चात च्यापिएर उनीहरुको मृत्यु भएको हो ।

ज्यान गुमाएका चालकलाई च्यापिएको स्थानबाट निकाल्न दुर्घटनामा परेको मिनीट्रक नै हटाउनुपर्ने भएकाले स्कारभेटर मगाइएको ककनी गाउँपालिकाको उपाध्यक्ष सीता खतिवडा (लामा)ले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button